
काठमाडौं, ७ असोज । ‘म्यानहन्ट नेपाल २०२२’ बिकल्प राज श्रेष्ठ फिलिपिन्स उडेका छन् ।
फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार मध्यान्न त्यसतर्फ उठेका हुन् ।
श्रेष्ठलाई प्रतियोगितामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताज सहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो ।
इन्टरटेनस ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपाली प्रतिनिधि पठाउने नेपालको आधिकारीक संस्था हो । यसले २००३ बाट यो प्रतियोगितामा नियमित प्रतिनिधि पठाउँदै आएको ग्रुपअफ इभेन्ट इन्टरटेनस सिइयो अनुप सेक्सनाले बताए ।
४० विभिन्न राष्ट्रका प्रतिनिधिले सहभागीता जनाउने प्रतियोगिता श्रेष्ठ नेपालको एक्लो सहभागी हुन् । विषेश गरेर मोडलिङ बिधालाई फोकस गर्ने ‘म्यानहन्ट इन्टरनेशन’ ले यसपटक सुपर मोडल भनेर विजेता छान्दैछ । यो पुरुषहरू सहभागीता रहने प्रतिस्ठित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता पनि हो ।
यस अगाडि नेपालबाट यो प्रतियोगितामा प्रशान्त ताम्राकार, अनुप बिक्रम शाही लगायतले समेत सहभागीता जनाएका थिए । २०१७ मा मिस्टर कलेज चितवन जितेका बिकल्पले २०१८ मा मिष्टर नेपालको उपाधि हात पारेका थिए ।
प्रतियोगितामा बिकल्पलाई भोट पनि गर्न सकिने छ । त्यसका लागि तलको लिङबाट भोट गर्न सकिनेछ ।















प्रतिक्रिया