२९ आश्विन २०८३, बिहिबार

सर्पले टोक्दा बालिका ठहरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

snakeगौशाला, १८ जेठ । विषालु सर्पले टोक्दा गएराति महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरपुर–६ बस्ने पच्चु साह तेलीकीसात वर्षीया छोरी रीताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति ८ बजेको समयमा आफ्नै घरको आँगनमा बस्दै गरेकी बालिका साहलाई भ्यागुता लिएर आँगनमा आएको विषालु सर्पले टोक्दा निजको मृत्यु भएको प्रहरी निरीक्षक एकवाल हवाडीले बताउनुभयो ।

भ्यागुता लिएर आएको विषालु सर्पले टोक्दा बालिका साहले आफूलाई भ्यागुताले टोकेको भनेपछि परिवारजनले खास ध्यान दिएनन् तर तुरुन्तै बालिका साहको अवस्था सिकिस्त हुन थालेपछि परिवाजनले घरेलु उपचार सुरु गरेका थिए तर उनको घरेलु उपचारकै क्रममा राति ९ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक हवाडीले बताउनुभयो ।

मृतक बालिकाको शव परीक्षणका लागि आइतवार बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।