
काठमाडौं, ५ असोज । पाँच दलीय सत्ता गठबन्धनले सीट बाँडफाँट गर्न आज पनि बैठक बस्दै छ ।
मंगलबार पनि सीट बाँडफाँटको टुङ्गो लगाउन दुई पटक बैठक बसेको थियो तर दुई वटै बैठक विनानिष्कर्ष टुङ्गिएको थियो ।
मंगलबार बिहान र बेलुका छलफल गरेका सत्ता गठबन्धनले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको छ ।
आज बिहान ८ बजेबाट बैठक बसेर सीट बाँडफाँट टुङ्गो लगाउने गठबन्धनको तयारी रहेको छ ।











प्रतिक्रिया