
हेटौंडा, ४ असोज । मकवानपुरमा वर्षा संगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति जिल्लाको बकैया-११ आहाल डाँडाका स्थानीय ५५ वर्षीय आईत सिं भोलन घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, चट्याङले सोही स्थान नजिकै भिम बहादुर स्याङ्तानको गोठमा १ गोरु पनि मरेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया