
काठमाडौं, २ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै नजरबन्द गरिएको छ ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै जबराले आज सर्वोच्च अदालतको नियमित काममा फर्कने तयारी गर्दै गर्दा सरकारले उनको निवासको मुलगेटमा तालाबन्दी गरेर नजरबन्दमा राखेको हो ।

अहिले जवराको निवासमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यता सर्वोच्च अदालतको परिसरमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यो पनिः
चोलेन्द्रलाई रोक्न सर्वोच्चमा ठूलो संख्यामा प्रहरी परिचालन
चोलेन्द्र शमशेरलाई सर्वोच्चको गेटमै रोक्ने नेपाल बारको तयारी















प्रतिक्रिया