
काठमाडौं, २ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च फर्कने तयारी गरेका छन् ।
सर्वोच्च अदालतको प्रशासनलाई जबराले आइतबारबाट नियमित काममा फर्किने जानकारी गराएको स्रोतले जनाएको छ ।

जबराविरुद्ध महाअभियोग लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा लागेका हुन् । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय हुने दाबी राणाको दाबी छ ।
यता नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको नियमित काममा फर्कन नदिने जनाएको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित जबरालाई सर्वोच्च अदालतको नियमित काममा फर्कन नदिने बताएका हुन् ।

घिमिरेले भनेः
चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा आजबाट फर्कने लागेको जानकारी पाएका छौं । जबराको निलम्बन फुकुवा भएको छैन् । सर्वोच्च फर्कने जानकारी पाएलगत्तै बारको बैठक बसेर उनलाई गेटमा नै रोक लगाउने निर्णय गरेका छौं ।















प्रतिक्रिया