
काठमाडौं, २ असोज । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्च अदालतको नियमित काममा फर्कदै छन् ।
तर राणालाई अदातलतको काममा फर्कन नदिन सरकारले सर्वोच्चको गेटमै ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने तयारी स्वरुप ठूलो संख्यामा प्रहरी परिचालन गरेको हो ।

यसैगरी, जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन नेपाल बार एशोसिएशनले निर्णयनै गरेको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जबराको निलम्बन फुकुवा नभएको भन्दै सर्वोच्चकै गेटमा रोक्ने तयारी रहेको बताए । हाल सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी, बारका पदाधिकारी एवं सदस्य र कानून व्यवसायीहरु उपस्थिति रहेको छ ।















प्रतिक्रिया