काठमाडौं, २ असोज । ४ मंसिर मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ ।
निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उम्मेद्वारहरुको बन्दसूची बुझाउनका लागि आज र भोलिका लागि तोकेको छ ।

आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने छन् ।
दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेद्वारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ ।












प्रतिक्रिया