२९ आश्विन २०८३, बिहिबार

उत्तरी गोरखामा भालु आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Natural History Images

गोरखा, १८ जेठ । उत्तरी गोरखामा भालुको आतंक बढेको छ । वर्षभरिमा एक बालीमात्रै उत्पादन हुने उत्तरी गोरखाका सिर्दीवास, चुम्चेत, ल्हो, सामागाउँ, प्रोक, विही र छेकम्पारमा भालु आतंक बढेको हो ।

खेतीयोग्य जमिन कम भएको र लगाइएका बालीनाली भालुले खाइदिँदा यहाँका किसान चिन्तित भएका छन् ।

जंगली जनावरले बली खान थालेपछि यहाँका कतिपय किसानले खेती गर्न नै छाडेका छन् । किसानका घरघरै भालु र लङ्गुरे बाँदर आउन थालेपछि घरैमा भएको अन्नसमेत जोगाउन किसानलाई हम्मे परेको प्रोकबाट दोर्जे ठकुरी बताउनुहुन्छ ।

यस क्षेत्रमा मुख्य खेतीका रूपमा आलु र मकै रहेको छ । सँगै करु, गहुँ, फापर, सिमी, केराउ, भट्टमास खेती पनि हुने गर्दछ ।

भालुले खेतीलाई मात्र नभई घरैमा पालिएका चौँरीलाई समेत आक्रमण गर्ने गरेको स्थानीयले बताएका छन् । वनजंगल जोगाउनु वातावरणीय दृष्टिकोणले राम्रो भए पनि खेती जोगाउन नसकेपछि किसान थप मारमा परेका छन् ।

यहाँ ३० केजी चामलको मूल्य पाँच हजार पर्दछ । यहाँ उत्पादन राम्रो हुने गरे पनि यहाँको उत्पादनले एक महिनालाई मात्र पुग्दछ । भएको थोरै उत्पादनमा समेत भालु र बाँदरले क्षति पु¥याउँदा किसान मर्कामा परेका हुन् । जंगलमा चौँरी चराउन लैजाँदा भालुले लखेट्ने र मार्ने गरेको स्थानीय घ्युर्मे छिरिङ लामा बताउनुहुन्छ ।