
काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाले आजदेखि सार्वजनिक क्षेत्रभित्र धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेध गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, कच्चा सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

महानगरले सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ । सार्वजनिक क्षेत्रलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न महानगरले सबैमा अनुरोध गरेको छ ।












प्रतिक्रिया