३ मंसिर २०८३, बिहिबार

बागमती प्रदेशमा १० हजार बढी डेंगु संक्रमित, कुन जिल्लामा कति संक्रमित ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अनुसार यहाँ शुक्रबारसम्म १० हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालय अनुसार सबैभन्दा बढी ४ हजार ९८ जना संक्रमित ललितपुरमा रहेका छन् ।

No description available.

त्यसैगरी, काठमाडौैंमा ३ हजार १५०, मकवानपुरमा १ हजार ४९३ जना, चितवनमा ३७०, भक्तपुरमा २५७ जना, धादिङमा २७७, काभ्रेमा १४७ जना, सिन्धुलीमा ८६ जना, रोमछाप र नुवाकोटमा ६०/६० जना, दोलखामा ४६ जना, सिन्धुपाल्चोकमा ५० जना र रसुवामा २ जनामा संक्रमण पुष्टि भएको छ ।