३ मंसिर २०८३, बिहिबार

संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेको ‘मर्निङवाक’, ओली बानेश्वरबाट हिँड्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

detail-img

काठमाडौं, १ असोज । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज बिहान काठमाडौंमा वाकथन अर्थात बिहानी पैदलयात्रा गर्दैछ ।

अरु कार्यक्रमजस्तो झन्डा, ब्यानर नबोकी विशुद्ध मर्निङवाककै रुपमा पैदल हिँडेर काठमाडौंका पाँच ठाउँबाट वसन्तपुर डबली पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुग्ने तयारी छ । बिहान ७ देखि सुरु हुने कार्यक्रममा सहभागी हुन एमालेले सबैलाई अपिल गरेको छ ।

May be an image of 1 person and text that says 'सात दशक लामो संघर्ष, त्यसबाट प्राप्त सफलता, सफलताको संश्ेषण संबिधान र लोकतान्त्रिक गणतन्त्र! यस अवसरमा आयोजना हुने राष्ट्रिय दिवस- संविधान दिवस, आउनुहोस् यस उत्सवलाई यसपटक छुट्ैे तरिकाले सँगसँगै मनाओं! असोज, संविधानका सात बर्षे यात्रा युवा सँगसँगै पदयात्रा! #WALKATHON'

संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाईलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिककोे अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन कार्यक्रम राखेको हो ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले एमालेले दुई दिन अगाडि आज पदयात्रा कार्यक्रम राखेको हो ।