३ मंसिर २०८३, बिहिबार

एमाले प्रवेश गर्दै लोसपाका प्रमुख सचेतक अरगरिया

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख सचेतक एवं संघीय सांसद उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

आगामी असोज ८ गते धनुषा निर्वाचन क्षेत्र नम्बर २ को तीनकौरिया चोकमा हुने वृहत् कार्यक्रममा अरगरिया नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । अरगरियालाई पार्टीमा स्वागत गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषा जाने छन् ।

यसअघि सोमबार जनकपुरधामको तिरहुतिया गाछीमा भएको एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवसहितका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।