३ मंसिर २०८३, बिहिबार

राप्रपा नेपालले भदौं मसान्तसम्म उम्मेदवार छनौट गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । राप्रपा नेपालले यहि भदौ मसान्तसम्म उम्मेदवार छनौट गर्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि प्रदेश तथा जिल्लाहरुबाट प्राप्त नामावलीलाई अध्ययन गरी संसदीय बोर्डले यही भाद्र मसान्तसम्म उम्मेदवारको अन्तिम नामावली छनौट गर्ने निर्णय गरेको प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।

यसैगरी, बैठकले पार्टीका उपाध्यक्ष डा. बिष्णु भण्डारीद्धारा प्रस्तुत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र परिमार्जन सहित पारित गरेको छ । बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन (प्रत्यक्ष) मा सकेसम्म पार्टीका पदाधिकारी तथा बरिष्ठ नेताहरुले उम्मेदवारी दिने निर्णय गरको छ ।

Image