
काठमाडौं, २९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भएको बताएका छन् ।
अध्यक्ष नेपालले उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढा नेता देखि कार्यकर्ताहरु टिकट लिनका लागि चर्को दाबी गरिरहेको बताउँदै टिकट व्यवस्थापन गर्न समस्या भएको बताए ।
बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले टिकट व्यवस्थापन गर्न आफुलाई समस्या भएको स्पष्ट पारे । उनले टिकप नपाउने आफ्नै कार्यकर्ताहरु बेहोस् होलान् भन्ने चिन्ता बढेको समेत बताए ।
‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन् । अध्यक्ष नेपालले भने,उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटि त पाउँ, अरू केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाऊँ। के होला, कस्तो गाह्रो ?’
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए ।












प्रतिक्रिया