३ मंसिर २०८३, बिहिबार

निलम्बित न्यायाधीश चोलेन्द्रलाई आरोप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले आफ्ना सदस्यहरुप्रति जबराले लगाएको आरोप पुष्टी गर्न समेत चुनौती दिएका हुन् ।

जबराले बयानका क्रममा पूर्वन्यायाधीशले न्यायलयमा हुने सरुवा, बढुवा तथा नियुक्तीमा भाग खोज्ने गरेको आरोप लगाएका थिए ।

अध्यक्ष सिंहको विज्ञप्तीमा भनिएको छ, ‘संस्थामा आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्बित प्रधान न्यायाधीशको वयान प्रति यस पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ ।’

Avatar