
काठमाडौं, २८ भदौ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा प्रचण्ड र चान्सुबीच भेटवार्ता भएको हो । प्रचण्ड र चिनियाँ प्रतिनिधिमण्डलबीच आपसी सहयोग र द्विपक्षीय हितका बारेमा छलफल भएको हो । भेटका क्रममा महासचिव देव गुरुङ, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी थिए ।












प्रतिक्रिया