
काठमाडौं, २६ भदौ । सत्तारुढ गठबन्धन भित्र प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँड पेचिलो बन्दै गएको छ ।
पछिल्लो दिनहरुमा नियमित जसो बैठक बसेपनि सहमति भने हुन सकेको छैन् । आइतबारको बैठक पनि बाँडफाँटविनै टुंगिएको छ । बालुवाटारमा करिब ४ घण्टा बसेको बैठकमा बाँडफाँड सहमति हुन नसकेको हो ।
आजको बैठकमा हालसम्म भएका सहमति र बाँकी रहेका विषयबारे छलफल भएको र भोलि बिहान ८ बजे बस्ने गरि बैठक स्थिगित भएको बताइएको छ। सत्ता गठबन्धनमा कुन दलले कति सिट लिने भन्नेमा सहमति नहुँदा सिट बाँडफाँडको टुंगो नलागेको हो ।
कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गर्दा पनि सिट बाँडफाँट टुंग्याउन नसकेपछि कार्यदलको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो । भदौको पहिलो साताभित्रै सिट बाँडफाँटको काम सक्ने भनिए पनि अहिलेसम्म सिट बाँडफाँटको टुंगो लागेको छैन्।















प्रतिक्रिया