
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासंग तर्सेको आरोप लगाएका छन् ।
गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै बास्कोटाले गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको समेत बताएका छन् ।
बास्कोटाले भनेका छन्ः
गठबन्धनको प्रमको उमेदवार को रहेछ? त्यति पनि जनतालाई नभन्ने हो भने यीनीहरु जनतासंग तर्सेकै हुन। ध्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो।












प्रतिक्रिया