३ मंसिर २०८३, बिहिबार

त्रिचन्द्रमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल प्रहरीबीच ढुंगा हानाहान भएको छ ।

आइतबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पसभित्र नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो।

नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ भएको भन्दै नेविसंघले विरोध प्रदर्शन थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको थियो । प्रहरीमाथि ढुंगा प्रहार भएपछि सोही ढुंगा टिपेर प्रहरीले पनि प्रदर्शनमा रहेको नेविसंघलाई प्रहार गरेको थियो।