काठमाडौं, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिनुपर्ने बताएका छन् ।
पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधान अनुसार एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै अब फेरी दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्नुपर्ने बताए ।
प्रचण्डले राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक पारित नगरे उक्त विषय अदालत जाने र राष्ट्रपतिले पदबाट राजीनामा दिनुपर्ने स्थिति आउन सक्ने जिकिर गरे । प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त समेत गरेका छन् ।












प्रतिक्रिया