काठमाडौं, २३ भदौ । नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफु निर्दोष रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसंग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको बताएका हुन् । सन्दीपले क्यानसंग कानूनी सहयोग गर्न आग्रह समेत गरेका छन् ।
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न क्यारेबियनमा रहेका छन् । सन्दीपले लिग सकिएपछि नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको क्यानले जनाएको छ ।











प्रतिक्रिया