३० आश्विन २०८३, शुक्रबार

अदालतको फैसला सुनेपछि रोई रहे सलमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-Khanकाठमाडौं । १२ वर्ष पुरानो हिट एन्ड रन मुद्दामा बुधबार भएको सुनुवाइमा मुम्बइको एक अदालतले बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गरेपछि सलमान खान भुइँमा बसेर रोएका थिए । नयाँ पत्रिकामा खबर छ ।

अदालतको फैसलालगत्तै उनकी आमा घरमा बेहोस भएकी थिइन् । उनको उपचारका लागि तत्कालै घरायसी चिकित्सक बोलाइएको थियो । समाचार एजेन्सी पिटिआईका अनुसार न्यायाधीशले सजाय सुनाउँदा सलमान रुन थालेका थिए ।

मुद्दाको सुनुवाई हुँदा सलमानले आफू मानवताविरोधी नभएको बताएका थिए । उनले आफू जेल जाँदा आफूमाथि लगानी गरेका अरुलाई पनि समस्या हुने बताएका थिए । उनले कानको समस्या देखाउँदै तत्कालै जेल जान असमर्थ रहेको बताएका थिए । तर, बुधबार उनले मिडियालाई कुनै प्रतिक्रिया दिएनन् । एजेन्सी