३ मंसिर २०८३, बिहिबार

सिट बाँडफाँटको लागि आज पनि गठबन्धनको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि आज पनि बैठक बस्ने भएको छ ।

केहि दिनदेखि दैनिक जसो चुनावी तालमेल र सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै आएको छ । तर कार्यदलको बैठकले अन्तिम रूप भने दिन सकेको छैन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलको बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएको सहमति र असहमतिसहितको अन्तिम रूप दिने तयारी गरेको छ ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन्।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।