३ मंसिर २०८३, बिहिबार

‘भागबण्डा नमिले जसपा एक्लै चुनाव लड्छ’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । जनता समाजवादी पार्टी का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।

वीरगन्जमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष यादवले भने ,‘ गठबन्धनको बैठकमा सिट बाँडफाँटको छलफल हुँदा जसपालाई उपेक्षा गरिएको जस्तो महशुस हुन्छ , यदि साँच्चै उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयार छ ।’

यादवले जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै त्यहिअनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाइ निर्देशन पनि दिए ।