काठमाडौँ, २२ भाद्र । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहार आरोपमा प्रहरीमा उजुरी परेको छ ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा मंगलबार साँझ उजुरी परेको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपसहित लामिछनेविरुद्द किटानी जाहेरी परेको हो ।
प्रहरीका अनुसार लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए । किशोरीले दिएको जाहेरीमा उल्लेख भए अनुसार सोही राती आफूमाथि लामिछानेले पटकपटक बलात्कार गरेको आरोप छ ।
जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ। घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ।
उनी अहिले क्रिकेट खेल्न विदेशमा छन् । नाबालिगको उजुरी परेको र यदि प्रमाणीत भए सन्दीप जेल जानुपर्ने हुनसक्छ ।
२५ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् ।












प्रतिक्रिया