३ मंसिर २०८३, बिहिबार

‘माधव नेपालले पार्टीलाई भिख माग्ने भाँडो बनाए’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा फर्किएका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले अध्यक्ष माधव नेपालप्रति कटाक्ष गरेका छन् ।

बुधबार एमाले कञ्चनपुरले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै शाहीले भने, ‘माधव नेपालजीले पार्टीलाई माग्ने भाडो बनाउनुभयो, उहाँले शेरबहादुर देउवासँग माग्ने भाडो बनाए । जुन उद्देश्यकासाथ पार्टी बन्यो, त्यो गर्न सकेन, पार्टी बनाउनु भन्ने नेताहरुका लागि त्यहाँ ठाउँ रहेनछ।’

उनले एमालेको कुनै कमिटीमा नबस्ने घोषणा पनि गरेका छन् । ‘म पार्टीको सदस्य समेत बस्दिनँ, बाहिरै बसेर सहयोग गर्न तयार छु, कुनै पनि कमिटीमा बस्दिनँ,’ उनले भने, ‘साथीहरुलाई एमाले फर्काउने अभियानमा लाग्नेछु। कांग्रेस र माओवादी हराउने अभियानमा सक्रिय हुनेछु।’