३ मंसिर २०८३, बिहिबार

कार्यकर्तालाई माधव नेपालले भने, ‘तपाईंहरको भ्रष्टाचारीहरूसँग साँठगाँठ भएको मैले थाहा पाउनु नपरोस्’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको प्रचार प्रसारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

युवा संघको आयोजनामा सुरु हुन लागेको मेची(काली जागरण अभियानमा गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालले उक्त निर्देशन दिएका हुन्।

उनले भने, ‘युवाहरूको काम समाजका विकृति र प्रशासनमा भएका भ्रष्टाचार हटाउने हो। तपाईंहरू नै भ्रष्टाचारीहरूसँग साँठगाँठ भएको मैले थाहा पाउनु नपरोस् । निर्वाचनको तयारी सुरु भइसकेको छ। तपाईंहरू काठमाडौँमा पलेँटी कसेर नबस्नुस्, गाउँ(गाउँ गएर जनतालाई पार्टीबारे बुझाउनुस्।’

समाजमा भएका विकृति, प्रशासनिक क्षेत्रमा भएका विकृतिलाई हटाउनमा युवाको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनले यस प्रकारको विकृति हटाउन युवालाई आग्रह गरे।

‘मत हाल्नेबारे पनि जनतालाई सिकाउनुस्। जनताले मत हाल्न नजानेका कारण स्थानीय तहमा हाम्रो पार्टीलाई आउने लाखौँ मत बदर भएको छ। काठमाडौँमा पनि ४५ हजार मत बदर भएको छ। अबको निर्वाचनमा यसरी मत बदर नहोस्’, उनले थपे ।