काठमाडौं, १४ भदौ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक आज मंगलबार बस्दैछ। कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको बोर्डले दिउँसो ३ बजे बोर्ड बैठक बोलाएको हो।
बोर्ड बैठक बोलाइए पनि नतिजा सार्वजनिक हुने नहुने भन्नेबारे यकिन भन्न सकिने अवस्था नरहेको बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले बताए।
आज नै नतिजा प्रकाशित हुन्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था नरहेको उनले बताए ।
‘दिउँसो ३ बजे बोर्ड बैठक बोलाइएको छ’, अर्यालले भने, ‘सबै प्राविधिक कुरा मिल्यो भने आज प्रकाशित हुन पनि सक्छ, सबै प्रक्रिया मिलेन भने हुँदैन पनि।’
यसअघि बोर्डका अध्यक्ष महाश्रम शर्माले आज नतिजा सार्वजनिक गर्नेबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए।
तर बोर्डले नेपाल टेलिकममार्फत एसएमएस पठाएर नतिजा थाहा पाउने तरिकाबारे जानकारी दिएको छ।













प्रतिक्रिया