काठमाडौँ, १३ भदौ । सत्ता गठबन्धनले नागरिकता विधेयकमाथिको छलफलमा सहभागी नहुने रणनीति लिएको छ। विधेयकमा रहेका वैवाहिक अंगीकृतमा नबोल्ने र बहस नगर्ने नीति सत्ता गठबन्धनले लिएको हो।
गठबन्धनले एमालेलाई भने धारणा राख्न दिने सहमति गरेको छ। कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको चुनावलाई ख्याल गरेर जतिसक्दो छिटो पारित गरिदिन आग्रह गरेका थिए।
त्यसमा कानुनमन्त्री गोविन्द कोइरालाले समर्थन रहेको जनाएका थिए। यस्तै मन्त्री खाणले मतदानका लागि तयार रहन पनि निर्देशन दिएका दिए।
विधेयक राष्ट्रियसभाबाट विधायन समितिमा दबाफार छलफलका लागि गएको छ। सोहीबारे धारणा बनाउन गृहमन्त्री खाण र कानुन कोइरालाको उपस्थितिमा राष्ट्रियसभाका सांसदहरूबीच छलफल भएको हो।
बैठकमा गृहमन्त्री खाण, कानुनमन्त्री कोइराला, सांसदहरू गोपी अछामी, गंगा बेलबासे, राधेश्याम पासवान, अनिता देवकोटा, जितेन्द्रनरायण देव, नारायणदत्त मिश्र, प्रकाश पन्थ, बेदुराम भुसाल, शेखर सिंह लगायत थिए।
नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ। समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले सोमबार १२ बजेका लागि बैठक डाकिएको जानकारी दिए।
राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिको बैठक सोमबार बसेको छ। भदौ २ गते प्रतिनिधिसभाले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको सन्देशउपर छलफल गरेर, विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको थियो।
राष्ट्रियसभामा आएको १० दिनपछि यो विधेयक अगाडि बढेको छ। राष्ट्रियसभाको अर्को बैठक यही भदौ १६ गते राखिएको छ।












प्रतिक्रिया