३ मंसिर २०८३, बिहिबार

तनहुँमा चितुवाको आतंक, फेरि आक्रमणबाट एक बालक घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १३ भदौ । तनहुँमा पछिल्लो समय चितुवाको आतंक दिनप्रतिदिन बढिरहेको छ ।  व्यास नगरपालिक-११ राम्चेधीस्थित शेराफाँट टोलमा आइतबार राति १२ बजेतिर चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय दिलमाया गुरुङका ९ वर्षीय छोरा शंकर गुरुङ रहेको वडासचिव शंकरदेव पौडेलले बताए ।

उनका अनुसार पिँढीमा सुतिरहेको समयमा छोरालाई चितुवाले आक्रमण गरेपछि आमाले चितुवासँग लडेर छोरालाई बचाएकी थिइन् । छोरालाई बचाउने क्रममा आमालाई पनि चोट लागेको र उनीहरू दुवैको दमौली अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको उनले बताए ।

पछिल्लो समय जिल्लामा चितुवाको आतंक बढेको छ । यसअघि गत बुधबार बन्दिपुर गाउँपालिका–१ उपल्लोफाँटमा चितुवाको आक्रमणबाट ३ वर्षीय शुलभ परियार घाइते भएका थिए । उनी हाल चितवन मेडिकल कलेजमा उपचारत    छन् ।

यस्तै गत जेठको अन्तिम साता तनहुँकै बन्दिपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।