काठमाडौं, १३ भदौ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, बसपार्कमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
गए राति करिब पौने १२ बजे पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा६०प ५२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको प्रहरीचौकी पनौतीले जनाएको छ ।












प्रतिक्रिया