३ मंसिर २०८३, बिहिबार

एमालेका नयाँ केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा मनोनीत नयाँ सदस्यहरुले पद तथा गोपनीयताको सपथ खाएका छन् ।

आज ललितपुरको च्यासलस्थित पार्टीको बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् ।

यही भदौ ७ गते स्थायी कमिटी र भदौ ९ गते पोलिटब्युरो बैठक बसेर केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको थियो ।