काठमाडौँ, १० भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी निर्वाचन जसरी पनि जित्नुु पर्ने बताएका छन्। एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै शुक्रबार ओलीले यस्तो बताएका हुुन् ।
ओलीले भने, ‘एमाले विजयीको यात्रामा लम्किनुपर्छ। यस्तो बेलामा हाम्रो अगाडि संघ र प्रदेशको निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वतन्त्र निष्पक्ष बनाउन प्रभावकारी भुमिका खेल्नुपर्छ । जतिसुकै घेराबन्दी भएपनि हामीले चुनाव जित्नैपर्छ। ’
दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन दिएका छन्।
एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले बताए।
यस्तै, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तिनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र। समसामयिक प्रस्ताव रहेका छन्। स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो।
यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटब्युरो बैठक बसिसकेको छ। ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए।












प्रतिक्रिया