धनगढी, ९ भदौ । पुनर्गठन दिवस मनाइरहेकै दिन नेकपा (एकीकृत समाजवादी) पार्टीलाई धक्का लागेको छ । सुदूरपश्चिमका पुर्वमन्त्रीसहितका नेताहरु एमालेमा फर्कने तयरी गरेपछि नेकपा एसलाई धक्का लागेको हो ।
पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेका हुन्।
उनीहरु केही दिनमै एमालेमा फर्किन लागेको स्रोतले बतायो। सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका तारा लामा तामाङले एमालेमा फर्किने तयारी थालेको बताए।
‘अब मुल घर एमालेमै फर्कने हो। माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट विद्रोह गरेर गएको भनिएका सबै साथीहरु एमालेमै फर्किनु हुन्छ। हामी पनि त्यही निर्णयमा पुग्यौं’ उनले भने।
यस्तै, समाजवादीका पूर्व प्रदेश अध्यक्ष शाहीले पुनर्गठनको नाममा माधव नेपाललाई साथ दिएर आत्मग्लानि भएको सामाजिक सञ्जालमार्फत जनाएका छन्।
‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे। गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि थिए।












प्रतिक्रिया