काठमाडौँ, ७ भदौ । दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्द दिन बिमा रकमको लोभमा परी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिमा रकमको दाबी गर्न आफैंले आगजनी गरेको पुष्टि भएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछिलाई नियन्त्रणमा लिइएको प्रहरीेले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएकाले गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए ।












प्रतिक्रिया