पर्वत, ६ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले मन्दिरमा राखिएको दान पेटिका चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–२५ भोटे क्याम्प हेम्जामा बस्दै आएका ३० वर्षीय जिम्मी दोर्जेलाई चोरी गरेको दान पोटिकासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए ।
दोर्जेले गत भदौ तीन गते पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको नगदसहितको दान पेटिका चोरी गरेका थिए ।
घटनाको बारेमा थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चोरीको बारेमा अनुसन्धान गरेको थियो।
दोर्जेलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया