काठमाडौं ६ भदौ । आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । सिट बाँडफाँडबारे कार्यदलस्तरमा सहमति जुट्न नसकिरहेको बेला शीर्ष तहको बैठकपनि निष्कर्षविहीन भएको हो ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएको थियो । तर, निष्कर्ष निकाल्न नसकेपछि मंगलबार दिउँसो ३ बजे पुनः बैठक बस्ने गरी बैठक टुङ्गिएको कार्यदलको सदस्य समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । गठबन्धनका दलबीच भागबन्डाको लफडा थप पेचिलो बन्दै गएको छ ।












प्रतिक्रिया