३ मंसिर २०८३, बिहिबार

आर्केष्ट्रामा अश्लिल नाच भाइरल भएपछि प्रहरीका सई कारवाहीमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ भदौ । रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुर चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) राजकिशोर शाहलाई त्यहाँबाट हटाइएको छ । शनिवार प्रहरीको बर्दी लगाएर शाहले आर्केष्ट्रा नृत्य गरेका थिए । भोजपुरी गीतमा उनको अश्लिल नाच सामाजिक संजालमा भाइरल छ ।

प्रनानी शाहलाई प्रदेश प्रहरी गण, धनुषामा सरुवा गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए । उनले भने–‘सुरक्षाको जिम्मेवारी पाएको जुनियर अधिकृतले पदीय मर्यादा भुलेर नृत्य गरेको हुनाले विभागीय कारवाही प्रक्रिया शुरु गरेका छौं ।’

बारा स्थायी घर भएका सई शाहले नृत्यको भिडियो नबनाउन आग्रह गरेका थिए । तर, भिडियो बाहिरिएपछि उन विबादमा परेका हुन् ।