३ मंसिर २०८३, बिहिबार

झलनाथ खनाल भन्छन् : ‘एमाले बिना वामपन्थी एकता सम्भव छैन’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्।

पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता नालले वामपन्थी एकताका लागि तत्काल एमाले इच्छुक नभएकाले सम्भावना नभएको बताए ।
‘वामपन्थी एकताका दागि एमाले पनि तयार छैन् । अहिले एमालेसँग पार्टी एकता हुने सम्भावना पनि छैन् । माओवादीसँग भने एकताको कुरा चलिरहेकै छ । तर, एमाले विना वामपन्थी एकता सम्भव छैन्’, उनले भने ।

त्यस्तै उनले आफूले कुनै पदका लागि बार्गेनिङ नगरिरहेको बताए। तपाईको नजर राष्ट्रपतितिर हो रे नित भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘आफूले कुनै पदमा बार्गेनिङ न गरेको र पदका लागि दौडधुप गरेको छैन्।’