३ मंसिर २०८३, बिहिबार

जनक शिक्षाका प्रमुखलाई विप्लवका कार्यकर्ताले दले​ कालोमोसो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ भदौ । नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले कर्णाली प्रदेशका जनक शिक्षा सामग्री केन्द्र प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेका छन् ।

सुर्खेत जिल्ला इञ्चार्ज तुलाराम तिरुवाले एक विज्ञप्ति जारी गर्दै केसीलाई जनकारवाही गरिएको बताएका छन् ।

साथै उनले सरकारी कार्यालयलाई निजी पैत्रिक सम्पतिको रुपमा प्रयोग गर्ने र कार्यलयमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गरेको उनको आरोप छ । केसीले मनोमानी तरिकाले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन खाएको, हुम्ला, जुम्ला, डोल्पा लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र लाखौं रकम ढुवानीबाट कमिसन खाएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनको कार्यकक्षमै कालोमोसो दलिएको थियो । प्रहरीले कालोमासो दल्नेहरुको खोजी गरिरहेको उनले बताए ।