काठमाडौँ, ५ भदौ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। तामाङ माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा मेयर पदमा निर्वाचित भएका थिए।
पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गर्न लागेको बताएका छन् ।
भिडिओ हेर्न तलको लिंक थिच्नुहोस् :-
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङका अनुसार भोलि (६ भदौ) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना हुने उक्त कार्यक्रममार्फत तामाङलाई पार्टी प्रवेश गराउन लागिएको उनले बताए।












प्रतिक्रिया