काठमाडौं, ४ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशका प्रधानमन्त्री, मन्त्री र नेताहरु पैसाको पछि लाग्ने गरेको बताएका छन् ।
पार्टीनिकट उपत्यका युवा बिशेष जिल्ला कमिटीको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘सबैले मम भनेर आफैले सुधारेर अगाडि बढ्नुपर्छ। बाटो विराएको मान्छे जनताबाट अलग हुन्छ। अहिले ठुलो कुरा गर्ने तर पैसा देखेपछि लोभ गरिहाल्ने संस्कृति बढेको छ। त्यसैले नेताहरुबाटै भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा लाग्ने निर्णय गर्नुपर्छ। नेताले मात्रै होइन प्रधानमन्त्रीबाट पनि गर्नुपर्छ’ उनले भने, ‘नेता ठिक भइसकेपछि मात्रै अरु ठिक हुन्छ। नेता नै भ्रष्ट भएपछि अरुले टेर्न छाड्छन्। असल आदर्शमा लागे कसैले औँला उठाउन सक्दैन। नविराउनू नडराउनु।’
देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए। अहिले आफनो पार्टीलाई स्थागित गराउन लगाउने बताए।












प्रतिक्रिया