३ मंसिर २०८३, बिहिबार

सत्तारुढ दललाई महामन्त्री थापाको धम्की -‘कांग्रेसलाई पेल्न खोजे परिणाम राम्रो आउँदैन्’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र कांग्रेसलाई पेल्न खोजे परिणाम राम्रो नआउने चेतावनी दिएका छन्।

कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले चेतावनी दिँदै भने, ‘कांग्रेसलाई यही वेला पेल्न सकिन्छ भनेर सोचियो र हाम्रो मतदाताको मनोभाव बुझिएन भने परिणाम नराम्रो नआउनसक्छ। तलको अवस्था नहेर ०७४ को निर्वाचनको आधारमा गयौँ भने पार्टीभित्र ठूलो असन्तुष्टि आउनसक्छ। कुनै अमुक पार्टीको २ हजार भोट छ‚ कांग्रेसको २० हजार भोट छ भने यस्तो अवस्थामा गठबन्धनको दलहरुले बुझ्नुपर्छ। २ हजारमा २० हजार थपेर २२ हजार हुँदैन।’

चुनावपछि पनि यही गठबन्धन कायम रहन्छ भन्ने सुनिश्चिता हुनुपर्ने उनको भनाइ छ।

‘यसअघिको नतिजा हेर्दा चुनावपछिको तालमेल हामीले जोसँग पनि तालमेल गरेर तालमेल गरेका छौँ। चुनावपछि फेरि अर्को बाटोमा हिँड्यौँ भने त्यसको आधार के हो ? हामीले ०७४ मा एमाले र माओवादी जस्तो भयो भने के गर्ने ?’‚ उनले भने, ‘तालमेल गरेर एकैठाउँमा बसेको छ तर हरेक विषयमा फरक कुरा गरेको छ। गठबन्धनमा न्यूनतम कुरा पनि मिल्दैन भने त्यसको अर्थ हुँदैन।’