३ मंसिर २०८३, बिहिबार

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक जस्ताको प्रतिनिधिसभामा प्रस्तुत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोध विधेयक प्रस्तुत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ ।

सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा छलफल गर्न एमालेले माग गरेको छ ।