६ कार्तिक २०८३, शुक्रबार

‘म देशका लागि समर्पित छु, बिरामी भएँ भने उपचार गराउने पैसा छैन’-ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, साउन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु देश र राष्ट्रका लागि पूर्ण रुपमा समर्पित भएको बताएका छन् । आफ्नो व्यक्तिगत सम्पत्ति राज्यलाई दिएर पूर्ण रुपमा राज्यका लागि काम गर्ने प्रणले अघि बढेको उनले बताए ।

‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ काठमाडौंमा आज बिहान आयोजित एक कार्यक्रममा ओलीले भने, ‘म देशका लागि समर्पित छु।’

उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए। ओलीको घर भक्तपुरस्थित बालकोटमा छ। ‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उनले भने, ‘बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।’

उनले सांसद भएकोले केही पैसा भने आउने बताए । ‘घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ। दान गर्‍या बेच्न मिल्दैन,’ ओलीले भने।

उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए । ‘म युवाभन्दा कम सक्रिय छैन। मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने।