३ मंसिर २०८३, बिहिबार

घाँटी थिचेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन ।  पर्साको वीरगञ्ज महानगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले महानगरपालिका–२३ का २६ वर्षीय दिनेशप्रसाद यादवलाई पक्राउ गरेको हो ।

यादव बिरुद्ध आफ्नी श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवलाई घाँटी थिचेर हत्या गरेको आरोप छ । प्रहरीले पक्राउ परेका यादवविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।