६ कार्तिक २०८३, शुक्रबार

सत्ता गठबन्धनमा सुरु भयो खटपट, नारायणकाजीले दिए गठबन्धन फुट्न सक्ने सङ्केत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ साउन । नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचदलीय गठबन्धन फुट्न सक्ने संकेत दिएका छन् । विश्व आदिवासी जनजाति दिवसका अवसरमा गोरखाको पालुङटारमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धन कहिलेसम्म टिक्छ ? भन्ने कुराको कुनै ग्यारेन्टी नभएको तर्क गरे ।

‘प्रतिगमन विरोधी सङ्घर्षका क्रममा पाँच दलीय गठबन्धन बनायौँ, यो एउटा सन्दर्भमा बनेको हो । यसलाई ठिक ढङ्गले लैजान सुझबुझ सत्तासीन प्रमुख पार्टीहरूले देखाएनन् भने हामी यसको ग्यारेन्टी हरहमेशा गर्न सक्दैनौँ’, श्रेष्ठले भने ।

श्रेष्ठले यसो भन्दै गर्दा यतिबेला आगामी निर्वाचनमा तालमेलको लागि सत्ता गठबन्धनका दलहरुले कार्यदल नै बनाएर भागबण्डाको गृहकार्य गरिरहेका छन् । कार्यदलको बैठकमा सबै दलले आ-आफ्नै दाबी गरिरहँदा श्रेष्ठले घुमाउरो पारामा अधिकतम सिटको बार्गेनिङ गरेको प्रष्टै बुझिन्छ । माओवादीले गठबन्धनमा मागे जति सिट दिन कांग्रेससहितका अन्य दल तयार नभए गठबन्धन तोडिने नारायणकाजीले संकेत दिएका छन् ।

उता कांग्रेसका नेताहरु भने आफ्नो पार्टीको बहुमत आउने गरि सिट बाँडफाँड गर्न पार्टी सभापति शेरबहादुर देउवालाई उकासि रहेका छन् भने अन्य सत्तारुण दल भने कांग्रेसलाई बहुमत दिने गरी भागबण्डा कुनै पनि हालतमा हुन नदिने अडान राखिरहेका छन् ।

दलहरुका यस्तै अडानका कारण स्थानीय निर्वाचनमा पनि धेरै ठाउँमा गठबन्धन फुटेको थियो । स्थानीयमा जस्तै आगामी निर्वाचनमा पनि भागबण्डा नमिल्दा गठबन्धन फुट्ने सम्भावना उच्च रहेको राजनीतिक बिश्लेषकहरु बताउँछन् ।