३ मंसिर २०८३, बिहिबार

नेसपालाई पनि गठबन्धनमा सहभागी गराउन देउवा तयार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा समेट्ने आश्वासन दिएका छन् ।

मंगलवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवसँग देउवाले यस्तो आश्वासन दिएका हुन् ।

नेसपाका अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्रीसँग हामीलाई पनि ५ दलीय गठबन्धनमा समेट्न भन्यौं । उहाँले सकारात्मक जवाफ दिनुभयो ।’

भेटका अवसरमा डा। भट्टराईले ५ दलीय गठबन्धनमा सिट बाँडफाँट कार्यदलमा समेत आफ्नो पार्टीको प्रतिनिधित्व गराउन प्रधानमन्त्री देउवालाई भनेका थिए । त्यसबारे देउवाले गठबन्धनका नेताहरूसँग छलफल गर्ने जवाफ दिएको यादवले बताए ।

डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि गठबन्धनमा सहभागी हुँदा ६ दलको गठबन्धन बन्नेछ ।