३ मंसिर २०८३, बिहिबार

निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आयोगमा दल दर्ता गर्ने भएको छ । एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो ।

पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता कार्यकर्ता दिउँसो १२ ३० बजे आयोग पुग्ने तयारी छ ।

निर्वाचन आयोगले आमनिर्वाचनका लागि लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।